नेपालमा डिस्चार्ज हुनेको संख्या ११८६ पुग्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा डिस्चार्ज हुनेको संख्या ११८६ पुग्यो : स्वास्थ्य मन्त्रालय

४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ ।

देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

Loading
TOP