सेनाद्वारा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन

सेनाद्वारा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन

५ असार, राँझा । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको विहिबार व्यवस्थापन गरिएको छ ।

मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना भएकी कैलालीे जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते मृत्यु भएको थियो । पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शव बाँकेमै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

उनका अनुसार शव बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सामुदायिक वनमा नेपाली सेनाको विशेष टोलीले सम्मानका साथ व्यवस्थापन गरेको हो ।

शिक्षण अस्पतालमा यसअघि असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । उनको शव नेपाली सेनाकै टोलीले बाँके र बर्दियाको सीमा मानखोला नजीकैको जङ्गलमा लगेर बुधबार अन्त्येष्टि गरिएको थियो ।

Loading
TOP