भारतमा कोरोनाबाट ३ लाख ८० हजार संक्रमित

भारतमा कोरोनाबाट ३ लाख ८० हजार संक्रमित

५ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १२ हजार ५७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ५८६ जना संक्रमित पुष्टि भएको छ ।

यो अहिलेसम्म एकै दिन संक्रमण पुष्टि भएको सबै भन्दा ठुलो संख्या हो ।

भारतमा अहिलेसम्म ३ लाख ८० हजार ५३२ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख ४ हजार ७११ जना ठिक भएका छन् भने एक लाख ६३ हजार २४८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ८५ लाख ७८ हजार २८३ पुगेको छ भने मृतकको संख्या ४ लाख ५६ हजार २८६ पुगेको छ ।

त्यस्तै विश्वभर ४५ लाख ३० हजार २६६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP