रियल म्याड्रिडमा बेन्जमाको किर्तिमान

रियल म्याड्रिडमा बेन्जमाको किर्तिमान

५ असार, काठमाडौँ । फ्रेन्च स्ट्राइकर करिम बेन्जामाले रियल म्याड्रिडमा नयाँ किर्तिमान बनाएका छन् ।

रियल म्याड्रिडका लागि गएराती भलेन्सियाविरुद्धको खेलमा २ गोल गरेर रियल म्याड्रिडको इतिहासमा पाँचौ धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

उनले रियल म्याड्रिडका लागि अहिलेसम्म २४३ गोल गरेका छन् । बेन्जमाले फेरेन्क पुस्कासको किर्तिमानलाई तोड्दै रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सुचिमा पाँचौ स्थानमा उक्लिएका हुन् ।

बेन्जामाले यो किर्तिमान आफ्नो नाममा लेखाउन ५०३ खेल खेलेका छन् । २००९ देखि रियल म्याड्रिडबाट खेलिरहेका बेन्जामाले ला लिगामा १६४ गोल गरेका छन् भने कपमा २१, युरोपियन खेलमा ५२ तथा अन्य खेलमा रियलका लागि ९ गोल गरेका छन् ।

रियल म्याड्रिडका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हुन् । रोनाल्डोले २००९ देखि २०१८ सम्म रियलबाट खेल्दै ४३८ खेलमा ४५० गोल गरेका छन् ।

त्यस्तै यस सुचिमा दोस्रो स्थानमा स्पेनिस खेलाडी राउल रहेका छन् । १९९४ देखि २०१० सम्म खेलेका राउलले रियलका लागि ३२३ गोल गरेका छन् ।

त्यसैगरी यस सुचीमा अल्फ्रेडो डि स्टेफानो रहेका छन् । स्टेफानोले १९५३ देखि १९६४ सम्म रियलबाट खेल्दै ३०८ गोल गरेका थिए ।

त्यस्तै यस सुचिमा चौथो स्थानमा सान्तिल्लाना रहेका छन् । उनले सन १९७१ देखि १९८८ सम्म रियलबाट खेल्दै २९० गोल गरेका थिए ।

Loading
TOP