अमेरिका र चीन तनाव कम गर्ने पक्षमा, पम्पियो र चिनियाँ डिप्लोम्याटबीच सात घण्टा छलफल

अमेरिका र चीन तनाव कम गर्ने पक्षमा, पम्पियो र चिनियाँ डिप्लोम्याटबीच सात घण्टा छलफल

५ असार, काठमाडौँ । अमेरिका र चीनले दुवै देशबीच पछिल्लो पटक बढ्दै गएको तनावलाई कम गर्ने प्रयास गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चिनियाँ डिप्लोम्याट यांग जिएचीसँग करिब सात घण्टासम्म डिनर बैठक गरेको बिबिसीले जनाएको छ ।

अमेरिकाको हवाईमा भएको सो बैठकमा दुवै देशले पछिल्लो समय देखिएको तनावलाई कम गर्ने विषयमा छलफल भएको बताइएको छ ।

विश्लेषकहरुले यो बैठकलाई सकारत्मक पहल भएको टिप्पणी गर्दै धेरै कुरा ठिक नहुदा पनि यस्ता बैठकले सकारात्मक माहोल बनाउने बताएका छन् ।

चीनले यो भेटलाई रचनात्मक पहल भएको टिप्पणी गरेको छ ।

भेटमा योंगले अमेरिकासँग हङकङ, ताइवान र शिन्जीयांगको विषयमा कुनै दखल नदिन भन्दै यो चीनको आन्तरिक मामिला भएको बताएका छन् । साथै अमेरिकी विदेशमन्त्री पम्पियोले कोरोना महामारीका विषयमा चीनले सूचना दिने कुरामा पारदर्शिता अपनाउन आग्रह गरेको बताइएको छ ।

पछिल्लो समत भारत र चीनबीच सीमामा बढेको तनावका बिच भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । तर अमेरिकाले सीमामा भएको झडपमा २० भारतीय सैनिकको मृत्युको विषयमा अहिलेसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

Loading
TOP