आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पुगेका युवकको गएराती मृत्यु

आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पुगेका युवकको गएराती मृत्यु

५ असार, बर्दिया । आरडिटी जाँचमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका एक जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोक जिल्ला हुदै नेपालगंजबाट आएका बर्दियाको बारबर्दिया नगरपालीका बडा नं ३ का २५ बर्षिय युवक १५ दिन अघिदेखी क्वारेन्टिनमा बसिरहेका र आरडिटी जाँचमा नेगेटिभ रिपोर्ट आएपछि विहिबार मात्र घर गएका र राति अचानक बिरामी परेर एम्बुलेन्सबाट अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

युवकको के कारणले मुत्यृ भएको हो भन्ने खुलेको छैन र कोरोना परीक्षणका लागी स्वाव संकलन गरीएको समेत अधिकारीले जानकारी दिए ।

यो घटनापछि क्वारेन्टिनमा बसेका युवक भने भारतबाट आएको स्थानीयले बताइरहेका छन् ।

शब व्यवस्थापनको लागी अहिले नेपाली सेनाको टोली घटनास्थलतर्फ आउदै बारबर्दियाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताए ।

हालसम्म बर्दियामा कोरोना पोजेटिभको संख्या १ सय ४४ पुगेको छ ।

Loading
TOP