अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक स्वीकृत

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक स्वीकृत

५ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का ठगेन्द्र प्रकाश पुरी र नेपाली कांग्रेसका प्रकाश पन्थले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

Loading
TOP