हिरासतमा लिएका १० भारतीय सेनालाई चीनले छोड्यो

हिरासतमा लिएका १० भारतीय सेनालाई चीनले छोड्यो

५ असार, नयाँदिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेनातर्फका १० सेनालाई चीनले छोडी दिएको छ ।

दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरुको वार्तापछि चीनले १० सैनिकलाई रिहा गरेको भारतीय समाचार एजेन्सी पिटीआइले जानकारी दिएको छ ।

रिहा गरिएका १० सैनिकमा दुई जना मेजर समेत रहेको बताइएको छ ।

यसअघि यसै साता लदाखको गल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।

दुवै पक्षबीचमा तनाव बढेपछि सैनिकहरुको सुरक्षाको लागि वार्ताको विषय गोप्य राखिएको थियो ।

तर न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको समाचार जुन १७ मा प्रकाशित गरेपछि भारतीय सैनिक र विदेश मन्त्रालयले आफ्ना कुनै सेना बेपत्ता नभएको दाबि गरेका थिए ।

भारतीय सेनाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखेपनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ ।”

Loading
TOP