सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

५ असार, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु १०० ले बढेर प्रतितोला ८९ हजार ९०० मा कारोवार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन प्रतितोला ८९ हजार ८०० मा कारोवार भएको थियो ।

आज तेजावी सुनको मुल्य ८९ हजार ४६० कायम भएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मुल्य तोलामा रु ५ ले घटेर प्रतितोला ९३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

Loading
TOP