पर्बतका ५ स्वास्थ्यकर्मीसहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

पर्बतका ५ स्वास्थ्यकर्मीसहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

५ असार, काठमाडौँ । गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा बागलुङका १० जना, तनहुँका १७ जना र पर्बतका ५ जना रहेका छन् ।

संक्रमितहरु बाग्लुङको बाग्लुङ नगरपालिकाका ५ जना, पुरुष, ढोरपाटन नगरपालिकाका ४ पुरुष र एक महिला रहेका छन् ।

त्यस्तै तनहुँको घिरिङ गाउँपालिकाका १४ पुरुष र ३ महिला रहेका छन् भने पर्बतको कुश्मा नगरपालिकास्थित पर्बत जिल्ला अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित स्वास्थ्यकर्मीमा ३ महिला र २ पुरुष रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३८० पुगेको छ ।

Loading
TOP