अवैध सुन पक्राउ गरेर बाडीचुडी खाने प्रहरीहरुविरुद्ध मुद्धा दायर

अवैध सुन पक्राउ गरेर बाडीचुडी खाने प्रहरीहरुविरुद्ध मुद्धा दायर

५ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनबाट अवैधरूपमा ल्याएको सुन पक्राउ गरेर बाडीचुडी लिएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरीहरुविरुद्ध मिद्ध दायर गरेको छ ।

अख्तियारले सुन बाडीचुडी लिने प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित

प्रहरी हवल्दारहरु रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध मुद्धा दायर गर्दै २६ लाख ५२ हजार ५९ रुपैया जरिवानाको माग दाबि गरेको जनाएको छ ।

उनीहरुलाई २०७६ साल माघ ११ गते चीनबाट अवैधरुपमा ल्याएको सुन पक्राउ गरि कानुनी कारवाही नगरी सो सुन आफैले लिएको आरोप लगाइएको छ ।

त्यस्तै उनीहरु चार जनाविरुद्ध २०७६ को पुस २२ गते केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको टाटासुमो गाडी कार्यालय परिसरमा ल्याई चेकजाँच गर्दा फेला परेको १११ ग्राम सुन बिक्री गरेर राजश्व चुहावट गरेको आरोपमा अर्को मुद्धा समेत दायर गरेको अख्तियारले जानकारी दिएको छ ।

उनीहरुलाई यस प्रकरणमा अख्तियारले बिगो स्वरूप ६ लाख ७७ हजार ५९९ रुपियाँ असुल उपर गर्ने माग गर्दै मुद्धा दायर गरेको छ ।

Loading
TOP