पछिल्लो २४ घण्टामा थप २१६ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४०२ पुग्यो

पछिल्लो २४ घण्टामा थप २१६ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या १४०२ पुग्यो

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

अहिले देश भरका क्वारेन्टाइनमा एक लाख ९ हजार ४६१ जना रहेका छन् भने संक्रमितसहित आइसोलेसनमा ६ हजार ८५० जना रहेका छन्।

अहिलेसम्म नेपालका ७७ जिल्लामा ७४ जिल्लामा संक्रमण देखिएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ रहेको छ ।

Loading
TOP