प्रधानमन्त्री ओलीद्वारा ‘राष्ट्रिय योग अभ्यासक्रम’ को विमोचन

प्रधानमन्त्री ओलीद्वारा ‘राष्ट्रिय योग अभ्यासक्रम’ को विमोचन

७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ुराष्ट्रिय योग अभ्यासक्रमको विमोचन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित एक्सन रूमबाट बिहान विमोचन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिई हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताए ।

रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनले बताए ।

नेपालीहरूका भान्छामा अनेक औषधिय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको उनले बताए ।

उनले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै आफ्नो भान्छामा केके चिज प्रयोग हुन्छन् रु ती किन प्रयोग गरिन्छ रु भन्ने जान्न आग्रह गर्दै वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने बताए ।

Loading
TOP