सेयर कारोवार अर्को सूचना नभएसम्मका लागि बन्द

सेयर कारोवार अर्को सूचना नभएसम्मका लागि बन्द

७ असार, काठमाडौ । सेयर कारोवार अर्को सूचना नभएसम्मका लागि बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार लकडाउनको अवधिभर धितोपत्रको दोस्रो बजारको कारोवार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राप्त भएपछि सोही अनुरुप धितोपत्र कारोवार स्थगन गरिएको हो ।

नेप्सेको यही असार छ गतेको निर्णय अनुसार धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मको लागि यही असार सात गते अर्थात आज आईतबारबाट धितोपत्रको दोस्रो बजारको कारोवार स्थगित गर्ने निर्णय गरिएको हो ।

नेप्सेले सोही अनुसारको निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

Loading
TOP