वेब फोनटेनद्वारा पाटन अस्पताललाई पीपीईसहितका स्वास्थ्य सामग्री सहयोग

वेब फोनटेनद्वारा पाटन अस्पताललाई पीपीईसहितका स्वास्थ्य सामग्री सहयोग

७ असार, काठमाडौँ । वेब फोनटेनले पाटन अस्पताललाई पीपीईसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वेब फोनटेनले कोरोनाविरुद्ध अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि अत्यावश्यक स्वास्थ्यसामग्री प्रदान गरेको हो ।

वेब फोनटेनका नेपालका प्रोजेक्ट म्यानेजर स्टान राइटले पाटन अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटरस र पीपीई सामाग्री दिने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् ।

वेब फोनटेन दुबईमा रहेको कम्पनि हो, जसले विश्व बैंकको सहायतामा नेपाल सरकारसँग मिलेर नेपाल नेशनल सिंगल विन्डो प्रोजेक्टमा काम गरिरहेको छ ।

यस परियोजनाले अन्तर्राष्ट्रिय व्यापारमा हुने आयात र निर्यातलाई सहजीकरण गर्दै यसका लागि आवश्यक अन्तराष्ट्रिय अभ्यास, प्रविधि, र इलेक्ट्रोनिक प्रणाली सेटअपको काम गर्ने गर्दछ ।

वेब फोनटेनले भविष्यमा समेत यस किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Loading
TOP