गुल्मीका ६९ बर्षिय पुरुष कोरोनाबाट मृत्यु, मृतकको संख्या २३ पुग्यो

गुल्मीका ६९ बर्षिय पुरुष कोरोनाबाट मृत्यु, मृतकको संख्या २३ पुग्यो

७ असार, काठमाडौं । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ रहेको छ ।

पछिल्लो मृत्यु हुने गुल्मीका ६९ बर्षिय पुरुष रहेका छन् । जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका गुल्मीको छत्रदेव-५ मैनडाँडाका पुरुषको असार ५ गते घरमै मृत्यु भएको थियो ।

उनको मृत्युपछि स्व़ाब परिक्षण गर्दा असार ६ गते पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

Loading
TOP