ब्राजिलमा कोरोनाको कहर : मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

ब्राजिलमा कोरोनाको कहर : मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

८ असार, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ६४१ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ५० हजार ६१७ पुगेको हो ।

ब्राजिल अहिले कोरोनाबाट अमेरिकापछि सबै भन्दा बढी प्रभावित हुने देश बनेको छ । अमेरिकामा कोरोनाबाट अहिलेसम्म एक लाख २२ हजारको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या पनि १० लाख नाघेको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ८६ हजार पुगेको छ ।

ब्राजिलमा कोरोना महामारी फैलिनुमा राष्ट्रपति जैर बोल्सोनारोलाई जिम्मेवार ठहराईएको छ । राष्ट्रपति आफ्नै मन्त्रालयका निर्णयहरु प्रति फरक धारणा राख्दै कोरोनालाई अहिले पनि सामान्य फ्लूको संज्ञा दिएका छन् ।

उनले अहिलेपनि ब्राजिलको स्वास्थ्य मन्त्रालयको सल्लाहलाई नमान्दै कोरोनाविरुद्ध सशक्त कदम चाल्न अश्विकार गर्दै आएका छन् । उनले राज्यहरुले गरेको लकडाउनको समेत विरोध गरेका छन् ।

ब्राजिलमा अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना ठिक भएका छन् भने अहिले ४ लाख ९३ हजार १४५ एक्टिभ कोरोना केस रहेको बताइएको छ ।

Loading
TOP