प्रिमियर लिगमा चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिगमा चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

८ असार,काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एस्टनभिल्लामाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती भएको खेलमा चेल्सीले भिल्लामाथि २(१ गोल अन्तरको जित हासिल गरेको हो ।

चेल्सीको जितमा क्रिस्टियन पुलिसिक र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने एस्टन भिल्लाका लागि कोर्टने हाउसले एक गोल गरेका थिए ।

भिल्लाले खेलको ४३औ मिनेटमा हाउसको गोलको मद्दतले शुरुवात अग्रता लिएको भएपछि चेल्सीले खेलको ६०औ मिनेटमा २ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो । खेलको ६०औ मिनेटमा पुलिसिक र ६२औ मिनेटमा जिराउडले गोल गरेका थिए ।

यो जितसँगै चेल्सीले महत्वपूर्ण ३ अंक बटुलेर प्रिमियर लिगमा ३० खेलमा ५१ अंकसहित चौथो स्थानमा रहेको छ । अब म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी भएकाले चेल्सीले यस सिजनमा चौथो स्थान सुरक्षित गर्नसक्ने देखिएको छ ।

त्यस्तै प्रिमियर लिग उपाधिका लागि दुई जित टाढा रहेको लिभरपुल भने एभर्टनसँग बिना कुनै बराबरी खेलेको छ । गएराती सम्पन्न भएको खेलमा लिभरपुल एभर्टनसँग बिना कुनै गोल रोकिए पछि लिभरपुलको ३० बर्षपछि उपाधि जित्ने अवसर केहि दिन पर धकेलिएको छ ।

अब लिभरपुलले मंगलबार राति क्रिस्टल प्यालेसविरुद्ध खेल्दै छ भने शुक्रबार राति म्यानचेस्टर सिटी विरुद्ध खेल्दै छ । उपाधिका लागि दोस्रो स्थानमा रहेको सिटी अपराजित रहेमा कम्तिमा अब ५ अंक चाहिएको लिभरपुलले प्यालेसलाई जितेर सिटीविरुद्धको खेल जितेमा उपाधि जित्ने छ ।

Loading
TOP