भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा १२ जना नेपालीविरुद्ध मुद्दा

भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा १२ जना नेपालीविरुद्ध मुद्दा

८ असार, काठमाडौं। भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै एक अदालतमा मुद्दा दायर गरिएको छ।

तब्लिगी जमातका १२ नेपाली सदस्यलाई आईपीसी र महामारी रोग ऐनअन्तर्गत मुद्दा दायर गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ। लकडाउनका बेला भेला हुन नपाउने नियमविपरीत उनीहरू भारतमा आयोजित एक भेलामा सहभागी भएको अभियोग लगाइएको छ। मुद्दा दायर गरिएका नेपालीको परिचय भने समाचारमा खुलाइएको छैन।

यसैबीच, भारतीय प्रहरीले दिल्ली, मणिपुर, हरियाणा र उत्तर प्रदेशका २२ अन्य तब्लिगी जमात सदस्यहरूविरुद्ध पनि छुट्टै मुद्दा दायर गरेको छ।

Loading
TOP