विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार नाघ्यो

८ असार, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ६१ हजार ७१५ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन छ । यता, संक्रमितको संख्या भने विश्वमा ८७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ८७ लाख ८ हजार ८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ

Loading
TOP